तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा, नत्र महाअभियोग लगाउन माग – Nepal Press

तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा, नत्र महाअभियोग लगाउन माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर भए पनि पदच्युत गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका छन् । राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने तरुण दलको माग छ ।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप तरुण दलले लगाएको छ ।


प्रतिक्रिया

2 thoughts on “तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा, नत्र महाअभियोग लगाउन माग

  1. कस्काे फाइदाकाे लागि याे विधेयक ? तिमीलाई मात्र राम्रो लागेर भयाे ? अरू पनि छन भाइ नेपाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर