राप्रपा बैठक आज- चुनावी तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म एजेण्डा – Nepal Press

राप्रपा बैठक आज- चुनावी तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीदेखि तेस्रो चरणका आन्दोलनको मोडालिटीलगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

‘संघीय र प्रदेशसभा निर्वाचनको तयारी देखी तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका एजेण्डा रहेका छन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरू पनि यसै बैठकबाट निर्माण हुनेछन् ।’

२२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउनदेखि ३१ साउनसम्म भएको दोस्रो चरणको आन्दोलनको समीक्षासँगै तेस्रो चरणको आन्दोलन तयारीबारे पनि छलफल हुने श्रेष्ठले बताए ।

अध्यक्ष लिङदेनले केही दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । भेटमा सम्बन्धित चुनावी तालमेलबारे छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर