प्रिमियर लिगको ३० वर्षे यात्रालाई फर्केर हेर्दा – Nepal Press

प्रिमियर लिगको ३० वर्षे यात्रालाई फर्केर हेर्दा

काठमाडौं । आज १५ अगस्ट, इङ्लिस प्रिमियर लिग ३०औं वर्षमा प्रवेश गरेको छ । इङ्लिस फुटबलको शीर्ष डिभिजन इतिहासमा सर्वोत्कृष्ट भएको प्रिमियर लिगको ३०औं वार्षिकोत्सव मनाइँदैछ आज ।

यो ३० वर्षमा प्रिमियर लिग र विश्व फुटबल कसरि परिवर्तन भयो त ? के कस्ता गतिविधिहरू भए ?

प्रिमियर लिगको ३० वर्षमा ११ हजार ६ सय ५६ खेलहरू भए र ३१ हजार १६ गोल । जुन गोलहरू २ हजार ५ सय २८ खेलाडीबाट निस्किएका थिए ।

१ सय २० फरक राष्ट्रका ४ हजार ५ सय ३४ खेलाडीले हालसम्म प्रिमियर लिग खेलेका छन् । जसमा सबैभन्दा धेरै १ हजार ६ सय ३२ इङल्यान्डका , २ सय २१ फ्रान्सका र २ सय १० स्कटल्यान्डका खेलाडी समावेश छन् ।

एलन सियरर हालसम्मका सर्वाधिक गोलकर्ता हुन् । उनले २ सय ६० गोल गरेका छन् । जुन प्रिमियर लिगको कुल गोल संख्याको ०.८४ प्रतिशत हो ।

गोल गर्ने खेलाडी भन्दा बढी ३ हजार २ सय १७ खेलाडीले कार्ड पाएका छन् । जसमा ३५ हजार ३ सय १२ कार्ड देखाइएका मध्य १ हजार ७ सय एक रातो कार्ड थिए । तीमध्ये रिचार्ड ड्युन, डुनक्यान फर्ग्युसन र प्याट्रिक भिएराले समान आठ आठ रातो कार्ड पाएका छन् । उनीहरु प्रिमियर लिग इतिहासमा सबैभन्दा धेरै रातोकार्ड पाउने खेलाडीमा पर्छन । ग्यारेथ बारीले कीर्तिमानी १ सय २३ एल्लोकार्ड पाएका छन् ।

प्रिमियर लिगमा विभिन्न ५० क्लबहरु छन् । जसमा सात क्लबले कम्तीमा एकपटक उपाधि जितेका छन् । ४२ टिम रेलिगेसनमा परेका छन् । म्यान्चेस्टर सिटी, ब्ल्याकवर्न र लेस्टर सिटीले उपाधि जित्नेदेखि लिएर रेलिगसनसम्म दुवै अवस्था सामना गरेका छन् ।

प्रिमियर लिगमा ९ सय ५५ खेलहरू गोलरहित बराबरी भएका छन् । जुन सबै खेलको ८.२ प्रतिशत हो । पाँच खेलमा १० गोल भाएका छन । सबै भन्दा धेरै प्रोट्समाउथ र रिडिङको खेलमा ११ गोल भएको थियो । सन् २००७ मा भएको उक्त खेलमा रिडिङविरुद्ध प्रोट्स माउथले ७-४ गोलको नतिजामा जित निकालेको थियो ।

र, प्रिमियर लिग इतिहासमा हालसम्म ३ सय ६८ मिलियन दर्शक साक्षी रहेका छन् । जसमा हजारौं सुरूवातदेखिका छन् । यी सबै हेर्दा सन् १९९२-९३ देखि अहिलेसम्म फुटबल नाटकीय रूपमा विकास भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *