स्थानीय चुनावमा गठबन्धनले अपेक्षाकृत नतिजा ल्याएको लुम्बिनी कांग्रेसको निष्कर्ष – Nepal Press

स्थानीय चुनावमा गठबन्धनले अपेक्षाकृत नतिजा ल्याएको लुम्बिनी कांग्रेसको निष्कर्ष

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले स्थानीय तहको निर्वाचनको समीक्षा गरेको छ । बुटवलमा आइतबार बसेको प्रदेश कार्य समितिको बैठकले स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष निकालेको छ ।

प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने निर्णय पनि गरेको छ । यस्तै नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिंङको लागि ५२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।

यस्तै बैठकले विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने, स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय कांग्रेस प्रदेश समितिले गरेको छ ।

पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सबलीकरण, स्थानीय शासन प्रणाली र जनता-स्थानीय सरकार र कांग्रेसबफचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागि जनप्रतिनिधिहरूको लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर