चर्चमा आगो लाग्दा इजिप्टमा ४१ जनाको मृत्यु – Nepal Press

चर्चमा आगो लाग्दा इजिप्टमा ४१ जनाको मृत्यु

काठमाडौं । इजिप्टको राजधानी कोप्टिकस्थित चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरूले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरूलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएक छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।


प्रतिक्रिया

One thought on “चर्चमा आगो लाग्दा इजिप्टमा ४१ जनाको मृत्यु

  1. दुखद घटना। बिचरा यशु भगवानले किन नबचाउनुभएको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *