ला लिगामा रियल मड्रिडको विजयी सुरूवात – Nepal Press

ला लिगामा रियल मड्रिडको विजयी सुरूवात

काठमाडौं । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरूवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाविरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरूवाति अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गयराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *