चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश – Nepal Press

चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

काठमाडौं । ११ चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । यो गत साताको तुलनामा भने न्यून रहेको बताइएको छ ।

जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर