यी हुन् नेपालको प्रथम आम निर्वाचनमा विजयी १०९ सांसद (नामावलीसहित) – Nepal Press
आम निर्वाचन इतिहास

यी हुन् नेपालको प्रथम आम निर्वाचनमा विजयी १०९ सांसद (नामावलीसहित)

इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भएपछिको दोस्रो आम निर्वाचनको संघारमा छ नेपाल । नेपालमा पहिलो संसदीय निर्वाचन भएको ६४ वर्षपछि यो चुनाव हुँदैछ । यो सामग्रीमा नेपालको ६४ वर्ष अगाडिको पहिलो संसदीय चुनावको चर्चा गरिएको छ ।

नेपालको पहिलो संसदीय निर्वाचन ४५ दिन समय लगाएर २०१५ फागुन ७ मा सुरु भएको थियो । प्रजातन्त्र स्थापनाको आठौं वर्षगाँठको अवसरमा चुनाव भएको थियो । १०९ क्षेत्रको लागि भएको प्रत्यक्ष चुनावमा सात सय बढी उम्मेदवारहरु थिए । निर्वाचनमा २१ वर्षमाथिका मतदाताले भोट हाल्ने व्यवस्था गरिएको थियो ।

निर्वाचन आयोगको प्रकाशन ‘नेपालको निर्वाचन इतिहास’का अनुसार पहिलो आम निर्वाचनमा ४२ लाख ४६ हजार ४६८ मतदाता अर्थात् ४२.१८५ प्रतिशत मतदाताले मत खसालेका थिए । मत परिणामको अन्तिम नतिजा २०१६ वैशाख २८ गते प्रकाशन गरिएको थियो । निर्वाचन आयोगको तथ्यांकअनुसार मतगणनाको पहिलो परिणाम क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व)को आएको थियो । सबैभन्दा ढिलो क्षेत्र नम्बर ८७ (बाग्लुङ उत्तर क्षेत्र)को परिणाम आएको थियो ।

सबैभन्दा कम मत खसेको क्षेत्र नम्बर ६७ (बैतडी पूर्वदक्षिण) थियो । जहाँ २३ हजार ४६७ मत खसेको थियो । यस्तै सबैभन्दा धेरै क्षेत्र नम्बर १ काठमाडौं मत खसेको थियो । जहाँ २७ हजार ३९४ मत खसेको थियो ।

अहिले जस्तो जिल्लागत १, २, ३ नगरेर देशभर क्रमशः क्षेत्र संख्या राख्ने प्रथम आम निर्वाचनको रोचक पक्ष थियो ।

पहिलो आम निर्वाचनमा चुनावी सरकार प्रमुख सुवर्ण शमशेर म्यान अफ दि इलेक्सन भएका थिए । उनले तीन क्षेत्रमा चुनाव जितेका थिए । उनले क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण-पश्चिम)मा जितेका थिए । गुल्मीमा त पाइलै नटेकी चुनाव जितेका थिए सुवर्णले ।

सुवर्णले क्षेत्र नम्बर ५३ लिएर दुई क्षेत्र छोडेका थिए । जसमा क्षेत्र नम्बर ५२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय गोरखा परिषदका मनमोहन मिश्रले जितेका थिए । क्षेत्र नम्बर ९१ मा कांग्रेसकै पुष्करनाथ पोखरेल उपनिर्वाचनमा विजयी भएका थिए ।

यस्तै दुई क्षेत्रबाट जित्ने अर्का उम्मेदवार थिए नेपाली कांग्रेसकै नेता शिवनाथ पन्त । उनले क्षेत्र नम्बर ७० (थलरा डोटी उत्तर)मा र क्षेत्र नम्बर ७१ (डोटी दक्षिण)मा जितेका थिए । उपनिर्वाचनमा पन्तले डा. केआई सिंहलाई हराएको क्षेत्र नम्बर ७१ लिएर ७० छोडेका थिए । उपनिर्वाचनमा नेपाली कांग्रेसकै नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।

२०१५ को आम निर्वाचनको परिणामअनुसार रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेसले एक्लै दुईतिहाइ अर्थात ७४ सीट ल्याएको थियो । झुपडी चुनाव चिन्ह भएको राष्ट्रिय गोरखा परिषदले १९ सीट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको थियो । पाँच सीट जितेर तेस्रो स्थानमा आएको संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला थियो ।

यस्तै चार सीट जितेर चौथो स्थानमा आएको नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तीन घोगा मकै र हसिँया थियो । नेपाल प्रजा परिषदको भद्रकाली मिश्र गुटको चुनाव चिन्ह हलोले दुई सीट जितेको थियो । प्रजा परिषदकै धानको डालो चुनाव चिन्हबाट चुनाव लडेको टंकप्रसाद आचार्य गुटले एक सीट जितेको थियो । चुनावमा चार स्वतन्त्र उम्मेदवारसमेत विजयी भएको थियो ।

जगत नेपालको पुस्तक ‘पहिलो संसद’ तथा डाक्टर बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकहरुका अनुसार नेपालको प्रथम आम निर्वाचन २०१५ को १०९ स्थानमा विजयी हुने १०९ सांसद निम्न थिएः

क्षेत्र नम्बर १ काठमाडौंबाट गणेशमान सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर २ काठमाडौंबाट नरबहादुर थापा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ३ ललितपुरबाट तुलसीलाल अमात्य – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ४ भक्तपुरबाट जगन्नाथ आचार्य – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५ काठमाडौंबाट लोचनशमशेर थापा – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६ चौताराबाट गुणनिधि शर्मा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ७ चौतारा पूर्व–उत्तरबाट चन्द्रलाल श्रेष्ठ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८ चौताराबाट सुरेन्द्रनाथ उपाध्याय – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ९ चौताराबाट तीर्थमान लामा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १० चौताराबाट हर्षजीत लामा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ११ दोलखा उत्तरबाट गृहबहादुर बस्नेत – नेपाली कांग्रेस

क्षेत्र नम्बर १२ दोलखाबाट मृगेन्द्रशमशेर राणा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १३ रामेछापबाट विष्णुप्रसाद उप्रेती – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १४ रामेछापबाट बेनीबहादुर कार्की – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १५ सिन्धुलीबाट जीतबहादुर कार्की – नेपाल प्रजा परिषद

क्षेत्र नम्बर १६ ऐंसेलुखर्च पूं ३ नं रावाखार्चाबाट मणिलाल शास्त्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर १७ ओखलढुंगाबाट पेशलकुमार पोखरेल – नेपाली कांग्रेस

क्षेत्र नम्बर १८ मानेभन्ज्याङबाट बलबहादुर राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर १९ भोजपुर मध्यबाट खड्गबहादुर कार्की – नेपाली कांग्रेस

क्षेत्र नम्बर २० भोजपुर दक्षिणबाट भूदेव राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर २१ भोजपुर उत्तर पूर्वबाट देवानसिंह राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर २२ धनकुटा दक्षिण पश्चिमबाट लीलानाथ पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिमबाट पद्मनाथ रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर २४ धनकुटा पूर्व पश्चिमबाट कुलमान लिम्बू – नेपाली कांग्रेस

क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यबाट प्रेमराज आङ्देम्बे – नेपाली कांग्रेस

क्षेत्र नम्बर २६ धनकुटा मध्यबाट तेजमान तुम्बाहाम्फे – नेपाली कांग्रेस

क्षेत्र नम्बर २७ धनकुटा दक्षिणबाट डबलसिंह सेन लिम्बू – नेपाली कांग्रेस

क्षेत्र नम्बर २८ इलाम पश्चिम पाँचथर दक्षिणबाट गणेशप्रसाद उपाध्याय – नेपाली कांग्रेस

क्षेत्र नम्बर २९ इलाम मध्य पूर्वबाट कृष्णबहादुर भट्टराई – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३० झापाबाट फत्तेबहादुर बुढाथोकी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३१ मोरङ विराटनगर पूर्वबाट चेतुलाल चौधरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिमबाट बीपी कोइराला – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३३ मोरङ विराटनगर उत्तर पश्चिमबाट ज्ञानचन्द्र सरदार – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३४ उदयपुरबाट अम्बरसिंह बस्नेत – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३५ सप्तरीबाट दुर्गानन्दप्रसाद – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ३६ सप्तरी मध्यबाट डा. नागेश्वरप्रसाद सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३७ सप्तरीबाट हरिलाल चौधरी – स्वतन्त्र

क्षेत्र नम्बर ३८ सप्तरी पश्चिमबाट सूर्जेनाथदास यादव – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३९ सिरहा मध्यबाट देवनाथ दास – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४० सिरहा पश्चिमबाट माधवप्रसाद रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४१ महोत्तरीबाट सरोजप्रसाद कोइराला – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्तबाट रुद्रप्रसाद गिरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४३ जनकपुरबाट महेन्द्रनारायण निधि – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४४ महोत्तरी प्रगन्ना पूर्वबाट रामनारायण मिश्र – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४५ महोत्तरी प्रगन्न पश्चिमबाट वेणीमाधव सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४६ असिमौद्राहाबाट रामदुलार राय यादव – स्वतन्त्र

क्षेत्र नम्बर ४७ सर्लाहीबाट निस्तार राय – नेपाल प्रजा परिषद

क्षेत्र नम्बर ४८ रौतहटबाट शेख इन्द्रिस – नेपाल प्रजा परिषद

क्षेत्र नम्बर ४९ रौतहटबाट शेख फर्मान – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ५० रौतहटबाट हरदयाल महतो – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ५१ बारा मध्य पश्चिमबाट भागवत राय – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५२ बारा मध्य उत्तरबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्तबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५४ पर्साबाट मुनिलाल थारु – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ५५ मकवानपुरबाट ताराप्रसाद उपाध्याय – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ५६ चिसापानी चितौनबाट विश्वबन्धु थापा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५७ पाल्ही पूर्वबाट पृथ्वीराज कँडेल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५८ पाल्ही पूर्वान्तबाट त्रिवेणी कुर्मी – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ५९ माझखण्डबाट काशीप्रसाद श्रीवास्तव – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६० खजहनीबाट वासुदेव तिवारी – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६१ खजहनी शिवराजबाट शिवपतिप्रताप शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६२ दाङ देउखुरीबाट परशुनारायण चौधरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६३ बाँकेबाट ललित चन्द – नेपाली कांग्रस

क्षेत्र नम्बर ६४ बर्दियाबाट राधाकृष्ण कोठिया थारु – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुरबाट लोकेन्द्रबहादुर शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६६ डडेलधुराबाट द्वारिकादेवी ठकुरानी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६७ बैतडी पूर्व दक्षिणबाट दुर्गादत्त जोशी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६८ बैतडी पश्चिम उत्तरबाट कृष्णराज लेखक – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६९ बझाङबाट कर्णबहादुर सिंह – नेपली कांग्रेस

क्षेत्र नम्बर ७० थरला डोटी उत्तरबाट शिवराज पन्त – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७१ डोटी दक्षिणबाट शिवराज पन्त – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७२ अछाम बाजुराबाट दिलबहादुर बुढा थापा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७३ जुम्लाबाट भीमप्रसाद श्रेष्ठ – स्वतन्त्र

क्षेत्र नम्बर ७४ जुम्लाबाट जयबहादुर महत क्षेत्री – स्वतन्त्र

क्षेत्र नम्बर ७५ दैलेखबाट इन्द्रसिंह रावल – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ७६ दैलेख मध्यबाट भक्तबहादुर शाही – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७७ दैलेख पूर्वबाट नीरबहादुर पछाई – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७८ सल्यान उत्तर पश्चिमबाट राजा स्वयंप्रकाशविक्रम शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७९ सल्यान मध्य पश्चिमबाट नेवबहादुर मल्ल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८० सल्यान दक्षिण पूर्व फलाङ दाङ उत्तर पश्चिमबाट गणेशकुमार शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८१ सल्यान मध्य पूर्व दक्षिणबाट जुद्धबहादुर खत्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८२ सल्यान उत्तर पूर्वबाट टेकबहादुर घर्ती क्षेत्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८३ प्यूठान संखुवासभाबाट खडानन्द पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८४ प्यूठान मध्य पूर्वबाट अनिरुद्ध पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८५ प्यूठान पूर्वबाट पं. पुरुषोत्तम शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८६ बाग्लुङ दक्षिण पश्चिमबाट राजा भरतबम मल्ल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८७ बाग्लुङ उत्तरबाट योगेन्द्रमान शेरचन – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८८ बाग्लुङबाट हरिदत्त पाध्या – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ८९ गुल्मी उत्तर पूर्वबाट क.प. गिरिप्रसाद बुढाथोकी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९० गुल्मीबाट निलाम्बर पन्थी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण पश्चिमबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९२ गुल्मी मध्य पूर्वबाट काशीनाथ गौतम – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९३ पाल्पा पश्चिमबाट अच्युतराज रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९४ पाल्पाबाट कमलराज रेग्मी – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ९५ नुवाकोट दक्षिण पूर्वबाट जमानसिंह गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९६ नुवाकोट दक्षिण पश्चिमबाट यमबहादुर ठकुरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९७ नुवाकोट मध्यबाट डिकबहादुर गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९८ नुवाकोटबाट धीरबहादुर गुरुङ – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ९९ पोखरा पश्चिबाट मीनबहादुर गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०० पोखरा मध्यबाट श्रीकानत अधिकारीः नेपाली कांग्रेस

क्षेत्र नम्बर १०१ पोखरा पूर्वबाट नरेन्द्रजङ गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०२ पोखरा दक्षिण पश्चिमबाट पद्मबहादुर आले – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०३ पोखरा दक्षिण पूर्वबाट श्रीभद्र शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०४ गोरखाबाट विश्वनाथ सुवेदी – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १०५ गोरखाबाट कोमलबहादुर कुँवर – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १०६ धादिङबाट ललितबहादुर घले – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १०७ धादिङबाट भरतशमशेर जबरा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १०८ नुवाकोटबाट देववीर पाण्डे – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर १०९ नुवाकोटबाट भीमबहादुर कार्की – राष्ट्रिय गोरखा परिषद


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर