राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक फिर्ता – Nepal Press

राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।

संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ अनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो ।

राष्ट्रपति कार्यालयमा विधेयक १४ दिन अगाडि प्रमाणीकरणका लागि पुगेको थियो ।  राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने निर्णय लिइसक्नुपर्ने  संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

3 thoughts on “राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक फिर्ता

  1. राष्ट्रपति ज्यूलाई सम्पूर्ण नेपालीहरूको आसिरवाद लागोस

  2. राम्रो काम। अव माओवादीका सांसदको घैटामा घाम लागोस। अब पनि माओवादी र काँग्रेसले विदेशीको दलाल गर्न जस्ताको तस्तै पास गरेमा एमालेलाई बहुमत दिलाएर संशोधन गराउनुपर्छ।

  3. अति राम्रो गर्नु भयो रास्ट्रपति ज्युले । जन्ताको मर्म र नेपालप्रतिको माया भएको अभिभावक पाए जस्तो मह्सुस भएको छु ।

Leave a Reply to मन गुरुङ लम्जुङ हाल काठमाडौ । Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर