आधा करोड नेपाली जनसंख्या वैदेशिक रोजगारमा, १० हजार बढीको मृत्यु – Nepal Press

आधा करोड नेपाली जनसंख्या वैदेशिक रोजगारमा, १० हजार बढीको मृत्यु

काठमाडौं । ५० लाख भन्दा बढी नेपालीहरु विदेशमा रहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् ।

गत आर्थिक वर्षमा मात्र ६ लाख ३० हजार नेपाली वैदेशिक रोजगारमा गएका छन् । यो वर्ष नै सबैभन्दा बढी नेपाली विदेशिएका छन् । यो बेलामा ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

बोर्डले सार्वजनिक गरेको १४ वर्षको तथ्यांकअनुसार २०६५/६६ यता १० हजार ९ सय ३२ जनाको वैदेशिक रोजगारकै क्रममा मूत्यु भएको छ । यस्तै २ हजार १ सय ३५ जनाको अंगभंग भएको छ ।

यो तथ्यांक पुन श्रमस्विकृति लिएर गएका बाहेकको हो । यस्तै ०७०/७१ म ५ लाख २७ हजार ८ सय १४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

यो तथ्यांक वैदेशिक रोजगार बोर्डको स्थापना भएपछिको तथ्यांक हो । यसकारण वैदेशिक रोजगारबाट श्रम स्विकृति लिएकाहरु समेत जोड्दा यो भन्दा धेरै हुने बोर्डको भनाइ छ ।

बोर्डले सुरक्षित वैदेशिक रोजगारीका लागि पछिल्ला चार वर्षमा अनलाईन प्रणालीबाट सेवा प्रवाह, श्रमिकको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षामा आवद्धताको थालनी, सामाजिक तथा आर्थिक पुनः एकीकरणको थालनी, निःशुल्क सूचना तथा परामर्श सेवा, नयाँ कानुनहरुको तर्जुमा र कार्यान्वयन लगायतका कामहरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *