मुस्ताङको घोडा दौडमा नेपाली सेनाको ‘रोहित’ बन्यो पाँचौँपटक च्याम्पियन – Nepal Press

मुस्ताङको घोडा दौडमा नेपाली सेनाको ‘रोहित’ बन्यो पाँचौँपटक च्याम्पियन

मुस्ताङ, २९ साउन । मुस्ताङमा आयोजित घोडा दौड प्रतियोगितामा नेपाली सेनाको घोडा ‘रोहित’ले प्रथम स्थान हासिल गरेको छ ।

पुराङ जनप्रिय युवा क्लबद्वारा साउन २६ गते आयोजित घोडा दौड प्रतियोगितामा सहभागी २७ वटा घोडाहरुमध्ये ‘रोहित’ ले प्रथम स्थान हासिल गरेको हो । रोहितले अन्य २६ घोडालाई पछि पार्दै च्याम्पियन बनेको हो ।

क्लबद्वारा आयोजित घोडा दौड प्रतियोगितामा सो घोडाले हालसम्म ५ पटक प्रथम स्थान हासिल गरेको छ । मुस्ताङमा हरेक वर्ष घोडा दौड प्रतियोगिता हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *