निष्कासितसहित ४० खेलाडी बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा (सूचीसहित) – Nepal Press

निष्कासितसहित ४० खेलाडी बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा (सूचीसहित)

काठमाडौं । आगामी असोज ११ गते हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीहरू बन्द प्रशिक्षणमा डाकिएका छन् ।

कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाँईले अबदुल्लाह अल्मुताईरीले टिमबाट हटाएका खेलाडीलाई पनि समेट्दै प्रशिक्षणमा बोलाएका छन् ।

दशरथ रंगाशालामा हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) कार्यसमितिको बैठकले बिहीबार हुमागाईँलाई अबदुल्लाहको अनुपस्थितीमा कार्यवाहक प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।

प्रशिक्षणमा डाकिएका खेलाडीहरू:

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की

डिफेन्डर : अनन्त तामाङ, राहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश रावंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरूङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : संजोक राई, पुजन उपरकोटि, अञ्जन विष्ट, राजन गुरूङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरूङ, विशाल राई, मनिष डाँगी, सुरज जिउ ठकुरी, सुवास गुरूङ, आभास लामिछाने, सुनिल बल, आयुस घलान, सुजल श्रेष्ठ

फरवार्ड : बिमल घर्ती मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ , आसिष चौधरी, रितिक खड्का, आशिष् चापागाईं, अबिषेक रिजाल, भरत खवास


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *