नेपालको ब्याटिङ समस्याबारे प्रशिक्षक प्रभाकर- छक्का हान्न खोज्छन् तर सही टेक्निकमा छैन – Nepal Press

नेपालको ब्याटिङ समस्याबारे प्रशिक्षक प्रभाकर- छक्का हान्न खोज्छन् तर सही टेक्निकमा छैन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले २/३ महिनामा टोलीमा धेरै परिवर्तन देखिने दाबी गरेका छन् ।

नेपाली टोलीको प्रमुख समस्या ब्याटिङमा रहेको स्वीकार गर्दै उनले आफूले त्यसमा काम गर्ने बताएका छन् ।

‘मैले आज सबै ब्याट्सम्यानहरूसँग भेटेँ । उनीहरूले आईपीएल हेरेका छन् र हार्ड हिटिङ (छक्का) गर्न खोज्छन् । तर त्यो सही टेक्निकमा देखिँदैन । म उनीहरूलाई सही टेक्निकमा ब्याटिङ गर्न सिकाउँछु’, नेपाल आएपछि सञ्चारकर्मीसँग आयोजित पत्रकार सम्मेलनमा कुराकानी गर्दै प्रभाकरले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *