नेप्से २७ अंकले घट्यो, १ अर्ब ८७ करोडको कारोबार – Nepal Press

नेप्से २७ अंकले घट्यो, १ अर्ब ८७ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार २७.९२ अंकले घटेको छ । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.०१ अंकमा झरेको हो ।

१ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

अपर हेवाखोला हाइड्रोको सेयर मूल्य ८.१० प्रतिशत बढेको छ । आज सबैभन्दा धेरै वृद्धि भएको कम्पनी अपर हेवाखोला हो । सबैभन्दा धेरै सेयर कारोबार हिमालयन डिस्टिलरी भएको छ । सो कम्पनीको १६ करोड ५३ लाख ९६ हजार ५ सय भन्दा धेरैको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *