एमाले निकट लोकतान्त्रिक शेर्पा संघको नेतृत्वमा को-को चुनिए ? – Nepal Press

एमाले निकट लोकतान्त्रिक शेर्पा संघको नेतृत्वमा को-को चुनिए ?

काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनले रामेछापका नाम्गेल लामा शेर्पाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा सोलुखुम्बुका आङकाजी शेर्पालाई चयन गरेको छ ।

उपाध्यक्षमा भोजपुरका फुरल्हाक्पा शेर्पा,ओखलढुंगाका ङावा ङिमा शेर्पा, सिन्धुपाल्चोकका पेम्बा शेर्पा र खोटाङका डेनी शेर्पा चयन भएका छन् भने महासचिवमा सोलुखुम्बुका आङ पेम्बा शेर्पा चयन भएका छन् ।

संघका उपमहासचिवमा दोलखाका मिग्युर शेर्पा र सचिवहरुमा धनकुटाका दाल्हमु शेर्पा र लाक्पा शेर्पा चयन भएको निर्वाचन समितिले जनाएको छ । कोषध्यक्षमा रामेछापका लामाबाउ शेर्पा चयन भएका छन् ।

कार्य समितिमा १६ जिल्लाको प्रतिनिधित्व गर्दै ८५ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको छ ।


प्रतिक्रिया

One thought on “एमाले निकट लोकतान्त्रिक शेर्पा संघको नेतृत्वमा को-को चुनिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर