निरु पालको प्रश्न- निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डराइरहेको ? (भिडिओ) – Nepal Press

निरु पालको प्रश्न- निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डराइरहेको ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूतको बच्चाको डीएनए टेस्टमा सरकार किन डराइरहेको ? भनी प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गर्दा सरकार तयार नहुनुमा पनि खोट रहेको आशंका गरिन् ।

‘नारीको अस्मितालाई खेलौनाका रूपमा हेरिरहेको यो समाजमा हिम्मत गरेर अगाडि बढिरहेकी छन् निहारिका राजपूत,’ उनले भनिन्, ‘आफूमाथि भएको बलात्कार र बलात्कारबाट जन्मिएको सन्तानको न्यायका लागि पटकपटक अनशनसँगै र आत्महत्याको प्रयाससमेत भएको छ ।’

सामाजिक सञ्जालमा आएका प्रमाणहरू को दोषी भन्ने प्रमाणित भइसक्दा उनको मागअनुसार डीएनए परीक्षण नहुनु दु:खद रहेको उनले बताइन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जालमा आएका प्रमाणहरूले जनताले समेत अन्याय भएको थाहा पाइरहँदा अदालतले समेत न्याय नदिने यो कस्तो विडम्बना ?’

परमादेशबाट आएको सरकारले जनताको आवाज नसुन्ने भन्दै उनले कटाक्ष पनि गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर