फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव- सरकारको भर नपर्नुस्, एमालेसँग आउनुस् (भिडिओ) – Nepal Press

फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव- सरकारको भर नपर्नुस्, एमालेसँग आउनुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी गरे ।

आज संसद बैठकमा बोल्दै भट्टराईले यसअघि १४ दिनसम्म फोहोर नउठेको इतिहास रहेकोमा अहिले ७१ दिन पुगेको बताए । यस विषयमा प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको उनको गुनासो छ ।

भट्टराईले भने, ‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउन भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’

त्यसपछि उनले मेयर साहलाई आग्रह गरे, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्णक्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंको रक्षा गरौं ।’


प्रतिक्रिया

One thought on “फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव- सरकारको भर नपर्नुस्, एमालेसँग आउनुस् (भिडिओ)

  1. शहरी विकास मन्त्री कहाँ हरायो? अलिकति लाज छैन? हुनत विदेशीले उसैको गुलामी गर्न मन्त्री बनाईदिएको। गुल्मीको काम जारी नै छ । फोहोरको के मतलव भयो र। दलाली गर्न मन्त्री भएका काम गर्न होईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर