जनतालाई राजनीतिक परिवर्तनका संवाहक बनायौं, विकासको बनाएनौंः शक्ति बस्नेत (भिडिओ) – Nepal Press

जनतालाई राजनीतिक परिवर्तनका संवाहक बनायौं, विकासको बनाएनौंः शक्ति बस्नेत (भिडिओ)

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जनता आर्थिक तथा सामाजिक विकासको प्रकृयाबाट वञ्चित रहेको बताएका छन् ।

राष्ट्रिय आर्थिक मासिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले व्यवस्थाकीय काम गर्ने, राजस्व संकलन गर्ने र त्यसको केही हिस्सा सामाजिक सुरक्षामा खर्च गर्नेबाहेक जनताका लागि यसविषयमा थप चिन्तन नगरेको बताए ।

‘हामीले हरेक राजनीतिक परिवर्तनका बेला संवाहकका रुपमा प्रयोग हुने जनतालाई जनतालाई बनायौं । हरेक राजनीतिक संकटको निकास जनताबाटै खोज्यौं,’ उनले भने,‘तर, आर्थिक सामाजिक विकासको प्रकृयाका जनतालाई बनाएनौं । यसमा हाम्रो आवश्यक ध्यान नपुगिरहेको मलाई महसुस हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर