ओलीको प्रश्न: म प्रधानमन्त्री बन्दा सरकारसँग पैसैपैसा थियो, अहिले कहाँबाट अलच्छिन पस्यो? – Nepal Press

ओलीको प्रश्न: म प्रधानमन्त्री बन्दा सरकारसँग पैसैपैसा थियो, अहिले कहाँबाट अलच्छिन पस्यो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको बताएका छन् ।

अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको उनले टिप्पणी गरे । आज युवाहरुसँग एक अन्तरक्रियामा बोल्दै ओलीले सरकार कसैको मानपदवी बढाउन नभएर जनता र देशको विकास गर्न चाहिने बताए । तर, सेटिङमा बजेट बन्ने तथा व्यापारीका प्रतिनिधिले करका दररेट तोक्ने स्थितिले आफ्नो मन पोलेको उनको भनाइ छ ।

ओलीले भने, ‘मैले केही पाइनँ भनेर होइन । नपाउनुपर्नेले पायो, पाउनुपर्ने जनताले पाएन, पीर त्यसमा हो ।’वर्तमान सरकारलाई कटाक्ष र आलोचना गर्ने आफ्नो रुची नरहेको उनले दावी गरे । तर, अहिलेको स्थिति देख्दा केही बोल्नै पर्ने उनले बताए ।

ओलीले थपे, ‘म प्रधानमन्त्री बन्दा पैसा छैन, पैसा छैन भन्या कहिल्यै सुन्नुभो ? यता पनि पैसा छ उता पनि पैसा छ । हुलाकी राजमार्ग बनाउन पैसा भयो, धरहरा बनाउन पैसा भयो, रानीपोखरी, दरवार हाइस्कुल, आर्मीको युनिभर्सिटी सबैका लागि पैसा भयो । मैले ३९६ वटा हस्पिटल एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुट्याएँ । निर्माण काम सुरु गरेँ । पैसैपैसा थियो । अहिले सबै पैसा कटेको छ । विकास गर्न पैसा छैन । बाटो, पुल बनाउन पैसा छैन । ठेकेदारलाई काम गरिसकेको भुक्तानी गर्ने पैसा छैन । आखिर पैसा जान्छ कहाँ ? अलच्छिन पस्यो कहाँबाट ? चिन्ता त्यो हो । पैसा कहाँ गयो ? कसरी हरायो ? म त जता फर्कियो त्यहाँ गर्दै थिएँ त । अहिले किन भएन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर