परिवारवादको विरोध गर्दै ओलीले भनेः मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ (भिडिओ) – Nepal Press

परिवारवादको विरोध गर्दै ओलीले भनेः मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ (भिडिओ)

कामधाम केही छैन, एकैचोटी प्रधानमन्त्री बन्न टप्किन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा परिवारवादको लोभ गर्नु नहुनेमा जोड दिएका छन् । उनले आफू अहिलेसम्म नातावाद–कृपावादबाट टाढा रहेको भन्दै योगदानबिना नेतृत्वमा पुर्याउने प्रवृत्ति पार्टीमा नरहेको दावी गरे ।

आज युवाहरुसँग अन्तरसंवाद गर्दै ओलीले आफ्नो परिवारका व्यक्तिहरु सक्षम भए पनि राजनीतिमा नल्याएको बताए ।
उनले भने, ‘मैले नेतृत्व गरिरहेको पार्टीमा कमसेकम यस्तो छैन । म नातावाद–कृपावादको आरोप नलागेको मान्छे हुँ । मेरी श्रीमती दुई विषयमा मास्टर्स हुन् । बैंकमा काम गरेर रिटायर्ड भएकी हुन् । तर, राजनीतिमा लोभ गर्नु हुँदैन । मेरी श्रीमती पनि राजनीतिमा हुँदा मैले नताने पनि अर्काले श्रीमती तान्यो भन्ने ठान्छ ।’

ओलीले आफ्नो स्वास्थ्यको बारेमा पनि कुरा गरे । आफ्नो स्वास्थ्य संवेदनशील रहेकाले श्रीमतीको साथ–सहयोग चाहिएको उनले बताए ।
‘मेरो स्वास्थ्य यस्तो फ्रेजाइल छ । ‘हेन्डल विथ केयर’ भनेजस्तो गर्नुपर्छ । यसमा मेरो श्रीमतीको साथ सहयोग पूरा आवश्यक छ । सर्कसमा डोरीमा हिँड्ने खेलाडीजस्तो गरेर हिँड्नुपर्छ,’ उनले भने ।

ओलीले थपे, ‘मेरो आफ्नो र अर्को भन्ने हुँदैन । तपाईंहरुले मेरो भाइ छ आफ्नै, मेरो बुवाको छोरा भन्ने सुन्नुभएको छ रु उसले राजदूत, एमडी हुन बल गरेको छ रु अहिले पनि १० कठ्ठा जमिनमा हलो जोतेर बस्छ । वडा कमिटीमा संगठित छ । उसले थाहा पाएदेखि राजनीति गर्या हो । तर भद्रपुर नगरपालिकाको वडा कमिटीमा छ । मेरो भाइले संसदमा उम्मेदवारी पाउनेवाला छैन । तपाईंहरु ढुक्क हुनुस् । मेरो आफ्नै भाइ किन वडा कमिटीमाछ भने उसले गरेकै काम त्यत्ति हो । जसले जे गर्छ त्यसअनुसारको जिम्मेवारी पाउँछ । खुशीसाथ आफ्नो काम गर्छ र जिविका चलाउँछ ।

‘अरुजस्तो भाइ, बुहारी, छोरी, छोरा, श्रीमती, सालो यसका लागि मरिहत्ते एमाले नेतृत्व होइन । अरुले पनि त्यसो गर्नु हुँदैन । योगदानबिना पार्टीको नेतृत्वमा आउने, प्रधानमन्त्रीमा टप्किने।।। कामधाम केही छैन।।।। लुँडो खेल्या हो । काम गरेर पो अघि ब्नुपर्छ । दौडेर जो अगाडि पुग्छ त्यसले स्वर्ण पदक पाउनु स्वभाविक हो । तर लाइनमा आफ्नो मान्छे राखिदियो । पछाडि भए पनि परिणाम घोषणा घोषणा गर्दा फस्र्ट । यस्तो पनि हुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *