नेपाल आए क्रिकेट प्रशिक्षक प्रभाकर, छोटो समयमै टिममा परिवर्तन देखाउने दावी – Nepal Press

नेपाल आए क्रिकेट प्रशिक्षक प्रभाकर, छोटो समयमै टिममा परिवर्तन देखाउने दावी

काठमाडौं । हालै नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले छोटो समयमै नेपाली टिममा परिवर्तन ल्याउने आत्मविश्वास दिलाएका छन् ।

क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न शनिवार नेपाल आई पुगेका प्रभाकरले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिममा प्रतिभाको कमी नभएको बताएका छन् । उनले टिममा केहि कुरा सुधार मात्रै गर्नुपर्ने जुन कुरा सुधारेर नेपाली टिमको नेतृत्वका लागि उनी नेपाल आएको प्रतिक्रिया दिएका छन् ।

‘म सँग धेरै अनुभव छ । मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु । कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ । यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ । त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु,’ उनले भने ।

यस्तै उनले नेपाली टिमसँग काम गर्न धेरै नै उत्साहित रहेको बताएका छन् । साथै पहिलो प्राथमिकता एकदिवसीय मान्यता जोगाउनु रहेको प्रस्ट पारेका छन् ।
‘नेपालमा आउन पाउँदा धेरै उत्साहित छु किनकि मेरा लागि चुनौती छ । जुन मैले स्वीकार गरेको छु । म नेपाललाई प्रवर्धन र सहयोग गर्दै राम्रो नतिजा दिन चाहन्छु । नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरसम्म विकास गर्नका लागि चुनौती छ,’उनले भने ।

‘मैले धेरै अध्ययन गरेको छु नेपाली टिमको बारेमा । हामीले पहिला एकदिवसीय क्रिकेटको मान्यता जोगाउनुपर्नेछ,’ प्रभाकरले थपे ।

सधैँ खेलहरू हारिरहँदा समस्याको रूपमा नेपालको ब्याटिङ रहने गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनलाई मुख्य जिम्मेवारी ब्याटिङ सुधार्नमै दिएको उनले बताएका छन् ।

‘क्रिकेट संघले मालाई टिमका खेलाडीलाई मुख्यत: ब्याटिङमा समस्या भएकाले ब्याटिङमा धेरै काम गरेर उत्कृष्ट बनाउने जिम्मेवारी दिएको छ,’ प्रभाकरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *