देशभर २६३ संक्रमित थपिए, दुईको मृत्यु – Nepal Press

देशभर २६३ संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९ जनाको पीसिआर र १ हजार ७ सय ६६ जनाको एन्टिजेन गरी ३ हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित छन् । यस्तै, ५०१ जना भने उपचारपछि डिस्चार्ज भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर