चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार, अवस्था गम्भीर – Nepal Press

चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार, अवस्था गम्भीर

काठमाडौं । चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ ।

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाई आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *