टुँडिखेलमा यौनिक अल्पसंख्यको ‘प्राइड कन्सर्ट’ (तस्बिरहरू)
नेपाल प्रेस
२०७९ साउन २७ गते १७:०९
काठमाडौं । यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज) ले टुँडिखेलमा गाईजात्रा विशेष कार्यक्रम गरेको छ ।
१९ वर्षदेखि प्राइड कन्सर्ट (गौरव यात्रा) गर्दै आएको सोसाइटीले यसपटक पनि निरन्तरता दिएको हो ।
कार्यक्रममा सबैलाई निःशुल्क प्रवेश रहेको थियो । आज दिउँसो भएको कन्सर्टमा सहभागीहरू विभिन्न जातजाति र परम्परागत भेषभूषामा सजिएका थिए ।
अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले कैयौँ अधिकार प्राप्त गर्न नसकेको भन्दै निलहीराले दबाब र सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर