रविको आरोप- अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा राख्छन् – Nepal Press

रविको आरोप- अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा राख्छन्

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे ।

उनले भने ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’

वागमती प्रदेशमा १८ जना के का लागि ? भन्दै उनले प्रश्नसमेत गरे । ‘प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो ? प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् ? त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ’, रविले भने ।

देशमा नेताहरुले गरेको गलत कामको एक-एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए ।

वागमती प्रदेश भेलाको लागि शुक्रबार बिहान हेटौँडा आएका लामिछानेको टिमले हेटौँडामा रहेको पशुपति मन्दिरको दर्शन गरेर घण्टी बजाउँदै हेटौँडा परिक्रमा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर