कोरोनाबाट थप २ जनाको मृत्यु, ७८१ जनामा संक्रमण – Nepal Press

कोरोनाबाट थप २ जनाको मृत्यु, ७८१ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परिक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

आजको दिनमा थप ५११ संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ७४ हजार ८ सय ६ जना पुगेको छ ।

हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *