शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो (भिडिओसहित) – Nepal Press

शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो (भिडिओसहित)

काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरिन् ।

उनी शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए । निहारिकाले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालिन् । अर्को बाटोबाट साथीले बच्चालाई लिएर गइन् । निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन् । र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छन् ।

यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छन् ।

यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि उनको अनशन तोडिएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडेका थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।

हेर्नुस भिडिओ  र तस्विरहरु                                                                                                                      

 

अनशनस्थलमा ‘कुमारी आमा’ र बच्चाको बेहाल, अधिकारवादीको आँखा परेन (भिडिओ)

 

 

 

 


प्रतिक्रिया

3 thoughts on “शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो (भिडिओसहित)

  1. दृष्‍टिबिहिन सत्ता, कमिसनमा डुबेको सत्ता, बिबेक गुमाएको दानबी अन्न्यायी सत्ता !! यो द्रिस्य देख्दा लाज लाग्ने र हिनताबोध हुने र लाचारी भएको महसुस गर्ने नि छन कि कोही टाउकामा !?

  2. दुखत खबर यौटा नारिले म बलात्कार को सिकार भय त्यो सिकार बाट बच्चा जन्मिएको छ त्यस्को बाउ सिकाउदा र DNA टेस्ट गर्न माग गर्दै विभिन्न चरण को आन्दोलन गर्दा पनि आफ्नो माग सुनुवाइ नहुदा आफ्नो ज्यान नै जाने गरि देहत्याग गर्ने बाताबरण निर्माण गर्न सरकार र त्यहाको निकाय लाई धिक्कार छ , लाज घिन र सरम मान्नु पर्ने हो

    1. न्याय हराएको देशमा आत्मा हत्या गर्नु बाहेक अरु के नै छ र बिकल्प महासय

Leave a Reply

Your email address will not be published. Required fields are marked *