एसियन कप छनोट : दोस्रो चरणमा पुग्ने लक्ष्यसहित प्रशिक्षणमा यु–२० टिम (फोटो फिचर) – Nepal Press

एसियन कप छनोट : दोस्रो चरणमा पुग्ने लक्ष्यसहित प्रशिक्षणमा यु–२० टिम (फोटो फिचर)

काठमाडौं । आगामी महिना बहराइनमा हुने एसियन कप छनोट पहिलो चरणका लागि यु–२० टिम अहिले प्रशिक्षणमा व्यस्त छ ।

भारतमा आयोजना भएको साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउन नसकेको नेपाली टिम साफका कमिकमजोरी सुधारेर एसियन कप छनोटमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरण छनोट हुने लक्ष्यमा रहेकोे प्रशिक्षक केसी बताउँछन् ।

‘हामीले साफ अगाडिदेखि नै तयारि त गरिरहेका छौं । साफलाई एसिया कप छनोटका लागि राम्रो तयारीको बाटोको रुपमा लिएका थियौं । त्यसमा हाम्रो मिश्रित नतिजा आयो । त्यहाँबाट हामी राम्रो कुराहरुलाई पनि अझ सुधार गर्ने अनि नराम्रो पक्षमा कडा मेहेनत गरेर एसियन कपमा अझ राम्रो प्रदर्शन गर्नेतिर लागेका छौं । एसिया कप छनोटमा सकेसम्म चारवटै नभए तीनवटा खेल जितेर एक खेल ड्र मात्रै गरेर भएपनि दोस्रो चरण पुग्ने लक्ष्यसहित तयारि गरिरहेका छौं । तर, त्यो त्यत्तिकै सम्भव छैन हामीले अझै कडा मेहेनत गर्नुपर्छ र गर्दैछौं पनि,’ उनले भने ।

एसिया कप छनोटमा नेपाल भुटान, मलेसिया, बंगलादेश र बहराइनसँगै समूह ‘बी’ मा छ । जसमा नेपाले बलियो प्रतिद्वन्द्वीका रुपमा कतारलाई लिएको छ । एसियन कप छनोट खेल्ने खेलाडीको अन्तिम नामावली भने सार्वजानकि गरिएको छैन ।

साफ खेलेका र त्यसमा केही खेलाडी थपिएर अहिले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणको प्रदर्शनका आधारमा साफ खेलेको टिममा केही परिवर्तन पनि हुन सक्ने प्रशिक्षक केसीले बताए ।

‘हामीलाई प्रतियोगिताका लागि एक महिना समय छ । टिम तयारिमा हामीले साफमा भन्दा खेलाडी थप पनि गरेका छौं । फाइनल लिस्ट निकाल्ने बेलासम्म जसले राम्रो गर्छ हेरेर टिममा साफको भन्दा केही परिर्वतन पनि हुन सक्छ,’ उनले भने ।

एसिया कप छनोटमा नेपालले नेपालले पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर १० मा, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध खेल्नेछ । तेस्रो खेलमा बहराइनसँग सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *