गोर्खा आान्दोलनका संस्थापक गुरूङ क्यान्सरबाट पीडित – Nepal Press

गोर्खा आान्दोलनका संस्थापक गुरूङ क्यान्सरबाट पीडित

लन्डन । गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आन्दोलनका संस्थापक गोर्खा अभियान्ता पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन् ।

२ वर्षदेखि प्रोस्टेटको रोगबाट ग्रसित ८० वर्षीय गुरूङ ६ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन् । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ महिनाअघि नै अप्रेसन गर्ने सल्लाह दिएकोमा आर्थिक अभाव र अभियानको व्यस्तता उपचार गर्न नपाएको परिवारले बताएको छ । गुरूङले तीन दशकअघिदेखि गोर्खा भूतपूर्व सैनिक संघ गेसो स्थापना गरी बेलायती सैनिकको समानता र अधिकारका लागि लडेका थिए ।

उनैले अगुवाइ गरेको आन्दोलनको कारण गोर्खा भूतपुर्व सैनिकहरूको पेन्सन वृद्वि, गोर्खा र तीनका सन्तानहरूलाई बेलायतमा आवसीय भिसा , विश्वयुद्वमा युद्वबन्दी भएकाहरूलाई क्षतिपूर्ति, कार्यरत सैनिकहरूलाई गोरा सम्मान सेवासुविधा प्राप्त गरेका थिए ।

उनी गोर्खा अभियानका जननी भएता पनि उनको योगदानको कँही कतै कदर गरेको पाईदैन् । गोर्खा आन्दोलनमा उनकै योगदानले गोर्खाहरूले अधिकार प्राप्त गरेका थिए । गोर्खाहरूको अधिकारका लडेका गुरूङको अन्य भूतपूर्व गोर्खाहरूको जस्तो पेन्सनलगायत सेवा सुविधा छैन ।

हाल गुरूङ गेसोका नेतृत्वमा छैनन् । उनले नेपालबाट ब्रिटिस सैनिक क्याम्प हटाउने तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन । सार्वभौम राष्ट्र हुनका लागि बिदेशी सेना हटनुपर्ने उनको अनिवार्य मान्यता रहेको छ ।

गुरूङ एक महिनादेखि बेलायतमा छन् । केही दिनमै नेपाल फर्कने गुरूङले बताएका छन । गुरूङको नेतृत्वमा भएको आन्दोलनकै कारण अधिकांश गोर्खा र तीनका सन्तान बेलायतमा बसोबास गर्दै आएका छन् । साथै सेवासुविधा वृद्धिले गोर्खाहरूको जीवनयापनमा समेत सहज भएका छन् ।

-किरण राईबाट


प्रतिक्रिया

3 thoughts on “गोर्खा आान्दोलनका संस्थापक गुरूङ क्यान्सरबाट पीडित

  1. आदरणीय पदम दाई सादर प्रणाम 🙏 हजुरको अभिभावकत्व बाट म अनी मेरो परिवार 16 बर्ष देखी बेलायतमा आवासीय बसोवासमा रहेकोछु म मात्र कहा हो र ? म जसतो तमाम गोर्खा भूतपूर्व सैनिकका सारा परिवारजन हरुले उपभोग बसोवास गरिरहेको, सादॅबिक छ, भने अहिले हजुरहरुको स्वास्थ्यमा अस्वास्थ्य सुनदा दुख लागेको छ, हजुरको स्वास्थ्य सुधारको पुणॅ कामना दाई 🙏 get well soon 🙏

  2. दुखद खबर ! गोर्खाका सन्तानहरुको अगुवा लाई आर्थिक अभावका कारण उपचार गर्न नसकेको खबरले साह्रै दुखित र चिन्तित बनायो । हाम्रो अगुवा, हाम्रो भगवानको उपचारको निम्ति सक्दो सहयोग गर्न सम्पूर्ण गोर्खाका सन्तानहरुलाई म विनम्र अनुरोध गर्दछु ।

Leave a Reply to Anjana Rai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर