खेलाडी पलायनबारे प्रशिक्षक केसी भन्छन् : फुटबल जिम्मा लिनेहरु गम्भीर हुनुपर्‍यो – Nepal Press

खेलाडी पलायनबारे प्रशिक्षक केसी भन्छन् : फुटबल जिम्मा लिनेहरु गम्भीर हुनुपर्‍यो

काठमाडौं । नेपाली राष्ट्रिय यु–२० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडी पलायनबारे फुटबलको जिम्मा लिनेहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

‘खेलाडी विदेश पलायन हुनु फुटबल प्रेमीहरुलाई त यतिको दुःखद बनेको छ भने हामी यसैमा काम गरिरहेको खेलाडी उत्पादनमा लागेको मान्छेलाई दुःख लाग्नु स्वभाविक हो । तर, फुुटबलको जिम्मा लिनुभएका व्यक्तिहरुले यसबारे गम्भीर भएर सोचे पक्कै समाधान निस्किएला’, उनले नेपाल प्रेससँगको कुराकानीमा भने ।

फुटबल विकासमा लागेका व्यक्तिहरुले फुटबलको वार्षिक क्यालेन्डर निकालेर खेलाडहिरुलाई वर्षभरी खेलिरहने र आयआर्जन गर्नसक्ने वातावारण सृजना गरिदन सके खेलाडी पलायन रोकिने उनको बुझाइ छ ।

‘हाम्रो तर्फबाट राम्रो प्रशिक्षण दिने खेलाडीलाई मोटिभेसन दिन काम गरिरहेका छौं । मुख्य कुरा जिम्मेवार व्यक्तिहरुले फुटबलको वार्षिक कार्य योजना दिन सक्यो र खेलाडीहरुले नेपालमै रहेर खेलिरहन पाउने र खेलेर केही आय आर्जन गर्नसक्ने अवस्था भयो भने खेलाडी पलायन रोकिएला’, उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *