सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच गृहमन्त्रालयमा छलफल – Nepal Press

सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच गृहमन्त्रालयमा छलफल

काठमाडौं । सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृहमन्त्रालयमा भएको छलफलमा थारु कल्याणकारीणीसभाले सरकारसँग राखेका मागबारे कुराकानी भएको छ ।

छलफल सकारात्मक भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । ‘समस्या समाधानका लागि दुवै पक्षले आ-आफ्नो तर्फबाट गृहकार्य गरेर पुनः बस्ने निष्कर्षसहित आजको छलफल सकारात्मक दिशामा अघि बढेको छ’, पोखरेलले भने ।

छलफलमा गृहमन्त्रीसहित सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी सहभागी थिए ।

थारु कल्याणकारीणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुकमिणी चौधरी उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर