चितवनमा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीया वृद्धाको मृत्यु – Nepal Press

चितवनमा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीया वृद्धाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका- ६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

स्थानीय ८२ वर्षीया फुलमाया राईको घटनास्थलमै मृत्यु भएको हो । प्यारीढापबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर