बैंकहरूमा विदेशी ऋण लिने क्रम बढ्दै, एनएमबीले तेस्रो पटक ल्यायो – Nepal Press

बैंकहरूमा विदेशी ऋण लिने क्रम बढ्दै, एनएमबीले तेस्रो पटक ल्यायो

काठमाडौं । लगानी गर्ने रकम अभावमा बैंकहरूले विदेशबाट धमाधम ऋण ल्याउन थालेका छन् । हालै एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लिएको छ ।

एनएमबीले यसअघि दुई पटक आईएफसीसँग ऋण लिइसकेको छ । यो रकमबाट नेपालका साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।

केही दिनअघि सानिमा बैंकले पनि आईएफसीसँग २ करोड अमेरीकी डलर ऋण लिएको थियो ।

नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको संकट कम गर्न वाणिज्य बैंकहरूले विदेशी बैंकबाट रकम भित्र्याउन थालेका छन् । बजारमा लगानीयोग्य रकम अभाव भएपछि स्रोत व्यवस्थापनको विकल्पको रूपमा राष्ट्र बैंकले २०७४ चैतमा बैंक तथा वित्तीय संस्थालाई विदेशबाट परिवर्त्य विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो ।

नेपाली बैंक तथा वित्तीय संस्थाहरूले नवीकरणीय उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुलजस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकास जस्ता रियलस्टेटबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था छ । बैंकहरूसँग रकम अभाव भएपछि दुई वर्षअघि झण्डै एक दर्जन बैंकले वैदेशबाट ऋण लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर