थाइल्याण्ड पुगे गोटाबाया, पाउलान् त स्थायी बसोबासको अनुमति – Nepal Press

थाइल्याण्ड पुगे गोटाबाया, पाउलान् त स्थायी बसोबासको अनुमति

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिगांपुर पुगेका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे सिगांपुरबाट फेरि थाइल्याण्ड पुगेका छन् ।

अन्तर्राष्टिय संचार माध्यमहरुले जानकारी गराए अनुसार देश छोडेर भागेको २८ औ दिनमा अर्थात बिहीबार राति गोटाबाया थाइल्याण्ड पुगेका हुन् ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार सिगांपुर सरकारले उनलाई स्थायी बसोबासको अनुमति नदिए पछि उनी थाइल्याण्ड पुगेका हुन् । गोटाबायाले थाइल्याण्डमा पनि राजनैतिक शरण भने नमागेको जनाइएको छ । उनी तीन महिनासम्म थाइल्याण्ड बस्न सक्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *