मकवानपुरको दुईवटै क्षेत्रमा मालेले गर्‍याे उम्मेदवार सिफारिस – Nepal Press

मकवानपुरको दुईवटै क्षेत्रमा मालेले गर्‍याे उम्मेदवार सिफारिस

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा मालेले मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

बिहीबार बसेको माले जिल्ला कमिटिको बैठकले मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद दाहाल, कुमार बहादुर संजेल र अम्बीका लामिछानेको नाम सिफारिस गरेको तथा क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी,उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष कुमार बहादुर संजेलले बताए ।

आफुहरु बिहीबारबाट निर्वाचन केन्द्रीत कार्यक्रममा लागि परेको समेत उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर