चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का – Nepal Press

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् ।

चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन् ।

चिनियाँ विदेशमन्त्रो वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।

उनले नेपाल र चीनबीच विगमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर