कृष्णहरि पुस्कर बने अर्थसचिव, अधिकारीलाई पर्यटनको जिम्मा – Nepal Press

कृष्णहरि पुस्कर बने अर्थसचिव, अधिकारीलाई पर्यटनको जिम्मा

काठमाडौं । सरकारले विभिन्न सचिवको हेरफेर गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

राजस्व सचिवमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालको सरुवा गरेको छ ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई दिएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव दंगाललाई राजस्व सचिवको जिम्मेवारी दिएसँगै सुदूरपश्चिम प्रदेश प्रमुख सचिवविहिन भएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले रिक्त रहेको एक सचिव पदमा बढुवा भएको व्यक्तिलाई सुदूरपश्चिम प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिने तयारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर