एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे बर्खास्त, अध्यक्षको सल्लाहकार रहने – Nepal Press

एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे बर्खास्त, अध्यक्षको सल्लाहकार रहने

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई बर्खास्त गरेको छ ।

बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले पाण्डेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अब उनी अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकारको रुपमा रहने एन्फाले जनाएको छ ।

एन्फाको नयाँ कार्यसमितिको पहिलो वैठकबाट गत असारमा पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा नियुक्त गरिएको थियो । तर, विदेशी पासपोर्ट होल्डरलाई एन्फामा अवैध नियुक्ती दिइएको भन्दै आलोचना भएको थिए । पछि एन्फाकै बहुमत सदस्यहरुले पाण्डेलाई हटाउन निवेदन दिएका थिए । पाण्डे गैरआवासीय नेपाली हुन् ।

याे पनि हेर्नुस्

एन्फाको हेडक्वार्टरमा अवैध नियुक्ति पाएका पाण्डे गौरवलाई रोक्न भगीरथ प्रयासमा

एन्फा महासचिव किरण राईले जारी गरेको विज्ञप्तिमा पाण्डेलाई बर्खास्त गरिएको भनिएको छैन । उनलाई जिम्मेवारी परिवर्तन गरी अध्यक्षको सल्लाहकार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

आजै बसेको एन्फा कार्यसमितिको बैठकले राष्ट्रिय फुटबल टिमका कार्यबाहक प्रशिक्षकको रुपमा प्रदिप हुमागाईँलाई नियुक्त गरेको छ ।

नेपाल र बंगलादेशले असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खल्नेछ । भदौ २१ देखि असोज तीनसम्म काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर पनि आज बसेको बैठकले तोकोको छ ।

भिआईपी तर्फ ५ सय र साधारण तर्फ ३ सय रहेको छ ।

एन्फा कार्यसमिति बैठकले गरेका निर्णयको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर