एमाले बैठक- केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर, विभागीय सचिव मनोनयन (सूचीसहित) – Nepal Press

एमाले बैठक- केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर, विभागीय सचिव मनोनयन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यसमेत मनोनीत गरेको छ ।

एमालेले मधेस प्रदेशको सहइन्चार्जमा रामदयाल मण्डललाई जिम्मेवारी दिएको छ । त्यस्तै महोत्तरी जिल्ला इन्चार्जको जिम्मेवारी सरोज यादवले पाएका छन् ।

त्यस्तै धनुषा जिल्ला सहइन्चार्जमा प्रमोदनारायण यादवले जिम्मेवारी पाएका छन् । त्यस्तै पोखराको मेयरमा पराजित कृष्ण थापा कास्की जिल्ला इन्चार्जमा चयन भएका छन् भने भीम कार्की भूमि व्यवस्था विभाग उपप्रमुखमा मनोनीत भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले बैठकले केही विभागका सचिवहरू पनि मनोनीत गरेको छ । ती यस प्रकार छन्-

उद्योग विभाग- सुन्दर भुसाल

कृषि तथा पशुपन्छी विभाग- विमल शर्मा

पुस्तकालय विभाग- सुरज अधिकारी

पर्यटन विभाग- घनेन्द्र श्रेष्ठ

युवा तथा खेलकुद विभाग- मेघराज पौडेल

भूमि व्यवस्था विभाग- आरसी लामिछाने

भौतिक पुर्वाधार विभाग- एसपी शर्मा

सहकारी विभाग- केबी उप्रेती

विपत व्यस्थापन विभाग- सोभित ढकाल

विज्ञान तथा प्रविधि विभाग- सन्जिव रोकाहा

सामाजिक सुरक्षा विभाग- पुष्कर खाती

शहरी विकास विभाग- गजेन्द्र थपलिया

जिम्मेवारी हेरफेर

कृष्ण थापा–कास्की इन्चार्ज

रामदयाल मण्डल–मधेस सहइन्चार्ज

सरोज यादव–महोत्तरी इन्चार्ज

प्रमोदनारायण यादव–धनुषा सहइन्चार्ज

भीम कार्की–उपप्रमुख भूमि विभाग

मनोनीत केन्द्रीय सदस्य

जीवन गौतम–दाङ

धर्मदत्त देवकोटा–बारा

अमृत राजवंशी–झापा

बृजेश गुप्ता–कपिलवस्तु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर