एमालेको घोषणापत्र मस्यौदा समिति गठन, को-काे छन् सदस्य ? – Nepal Press

एमालेको घोषणापत्र मस्यौदा समिति गठन, को-काे छन् सदस्य ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सदस्य छन् ।

समितिको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

(यसअघि संयोजकको नाम अन्यथा पर्न गएकोमा सच्याइएको छ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *