एमाले केन्द्रीय सदस्यमा चारजना मनोनीत – Nepal Press

एमाले केन्द्रीय सदस्यमा चारजना मनोनीत

काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

केन्द्रीय सचिवालयको बीहीबार बसेको बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

त्यस्तै नवराज पौडेललाई केन्द्रीय सल्लाहकार मनोनयन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

जीवन र धर्मदत्त माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने बृजेश गुप्ता मधेसवादी दलबाट र अमृत राजवंशी कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । त्यस्तै सल्लाहकारमा मनोनीत बागलुङका पौडेल केही दिनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर