के हो चीन-ताइवान विवादको अन्तर्य ? (भिडिओ ) – Nepal Press
नेपाल प्रेस ब्रिफिङ

के हो चीन-ताइवान विवादको अन्तर्य ? (भिडिओ )

काठमाडौं । विश्व राजनीतिक घटनाक्रममा चासो राख्नेहरूका लागि पछिल्लो समय देखिएको चीन-अमेरिका-ताइवान विवाद नितान्त नयाँ घटनाक्रम अवश्य पनि होइन ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर फर्केसँगै हाल चीनले ताइवानको क्षेत्र वरिपरी हालसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेको छ । यसो त चीनले न्यान्सीको भ्रमण अगाडि नै यदि न्यान्सीले सो ठाउँको भ्रमण गरेमा कडा सैन्य प्रतिकारमा उत्रिने चेतावनीसमेत दिएको थियो ।

चीनको उक्त प्रतिकारदेखि हालको व्यापक सैन्य अभ्याससम्म चीनले उक्त गतिविधिलाई नितान्त आन्तरिक गतिविधिको रूपमा व्याख्या गरेको छ । तर, के ताइवान मुद्दा वास्तवमै चीनको आन्तरिक मुद्दा हो त ? चीनको ताइवान प्रतिको ‘अबसेसन’ को मुल कारण के हो ? चीन ताइवान मुद्दाको अन्तर्य के हो ?

राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो अनि चर्चाको विषयमा आजबाट सुरू साप्ताहिक भिडिओ श्रृंखला ‘नेपाल प्रेस ब्रिफिङ’ मा यसबारे बुझौं-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर