एफबीआईले आफूविरुद्ध षडयन्त्र गरेको ट्रम्पको आरोप, जवाफ नदिने घोषणा – Nepal Press

एफबीआईले आफूविरुद्ध षडयन्त्र गरेको ट्रम्पको आरोप, जवाफ नदिने घोषणा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान निकाय एफबीआईले आफूलाई फसाउन षडयन्त्र गरिरहेको आरोप लगाउँदै एफबीआईद्वारा सोधिएका कुनै पनि प्रश्नको उत्तर नदिने बताएका छन् ।

ट्रम्पले अमेरिकी पूर्वराष्ट्रपतिले पाउने संवैधानिक अधिकार प्रयोग गर्दै महान्यायाधिवक्ताको प्रश्नको जवाफ दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध आफ्नो संगठनहरुलाई आफू अनुकूल ऋण तथा कर छुटहरू प्राप्त गर्नका झुट्टो सम्पत्ति विवरण पेश गरेको आरोप छ । अमेरिकी संविधानको पाँचौँ संशोधन अन्तर्गत ट्रम्पले कुनै पनि कानून अधिकारीको अगाडि उपस्थित हुन वा बयान दिन अस्वीकार गर्न सक्छन् ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अनुसन्धान एजेन्सी एफबीआईले मेरोविरुद्ध नक्कली प्रमाण बनाएको छ । मेरा नजिकका मानिसहरूलाई दुर्व्यवहार गरिरहेको छ । मेरा वकिलहरूले पाँचौँ संविधान संशोधनले दिएको अधिकारको प्रयोग गर्न सुझाव दिएका छन् । त्यसैले, म न्यूयोर्कको महान्यायाधिवक्ताका प्रश्नहरूको जवाफ दिने छैन ।’ सोमबार एफबीआईले ट्रम्पको घरमा छापा मारेर केही कागजपत्र जफतसमेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *