सिगांपुरबाट थाइल्याण्ड जाने तयारीमा राजपाक्षे – Nepal Press

सिगांपुरबाट थाइल्याण्ड जाने तयारीमा राजपाक्षे

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिगांपुर पुगेका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे सिगांपुरबाट फेरि थाइल्याण्ड जाने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएअनुसार उनी बिहीवार नै थाइल्याण्ड जानेछन् ।

मिडिया रिपोर्टअनुसार गोटाबायाले थाइल्याण्डमा राजनैतिक शरण भने मागेका छैनन् । उनी तीन महिनासम्म थाइल्याण्डमा बस्न सक्ने जनाइएको छ ।

देशलाई चरम आर्थिक संकटमा पुर्‍याउन गोटाबाया परिवारको मुख्य भूमिका रहेको भन्दै उनीविरुद्ध व्यापक प्रदर्शन भएसँगै उनी जुलाई १४ मा माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर