हेटौँडामा रवि लामिछानेको पोष्टर च्यातियो – Nepal Press

हेटौँडामा रवि लामिछानेको पोष्टर च्यातियो

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिरअंकित प्रचार सामग्री  च्यातिएको छ ।

भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएको अवस्थामा भेटिएको हो ।

बुधबार साँझ कार्यक्रम प्रचारको लागि ब्यानर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले प्रहरी परिचालन गरेर विस्तृत बुझ्न लागिएको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “हेटौँडामा रवि लामिछानेको पोष्टर च्यातियो

  1. यो सब बुढाका गोरुका झोलेहरुको काम हो । तिनिहरुले उल्टो गन्दा हुन्छ अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर