भक्तपुरमा आज जनैपूर्णिमा मनाइँदै – Nepal Press

भक्तपुरमा आज जनैपूर्णिमा मनाइँदै

काठमाडौं । भक्तपुरमा जनैपूर्णिमा आज मनाइँदैछ । आज बिहान ९ बजेर ४४ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुने भएकाले भक्तपुरबासीले आज नै जनैपूर्णिमा मनाउन लागेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भक्तपुरबासीले भने आज नै जनैपूर्णिमा मनाउँदैछन् ।

भोलि भक्तपुरबासीले गाईजात्रा मनाउँदैछन् । उनीहरुले आज ९ गेडागुडीलाई भिजाएर टुसा उमारेको क्वाटी बनाएर खाएर जनैपूर्णिमा मनाउन लागेको छन् । जनैपूर्णिमा भोलि भएको र गाईजात्रा पनि भोलि नै पर्ने नेपाल पंचाग निणार्यक समितिले जनाएको छ ।

भोलि जनैपूर्णिमाको दिन सरकारले सार्वजनिक विदा दिएपनि आज भने भक्तपुरमा बिदा दिइएको छैन ।

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्यौल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ, सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ।

भक्तपुर नगरपालिकाले तलेजूका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *