बालेनको आक्रोशित स्टाटस- नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस् – Nepal Press

बालेनको आक्रोशित स्टाटस- नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस्

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएका संरचना तत्काल नहटाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आक्रोशित देखिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गरेका हुन् ।

बालेनले कटाक्षपूर्ण स्ट्याटस लेख्दै नक्सा पास नगरी बनाइएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिनुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

महानगरले नर्भिक अस्पताललाई सरकारी जग्गामा नक्सा पास नगरीकन टहरा बनाएको भन्दै भत्काउन २४ घन्टे अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध अस्पतालले सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा आज अल्पकालीन आदेश दिँदै सर्वोच्चले तत्काल संरचना नहटाउन भनेको हो । महानगर र अस्पतालबीच भने प्राविधिक अध्ययन गरी संरचना हटाउनका लागि केही समय उपलब्ध गराउने सहमति भइसकेको छ ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि सोमबार बोलाएको छ । दुवै पक्षको कुरा सुनेपछि आदेशलाई निरन्तरता दिने वा नदिने टुंगो लगाइने छ ।


प्रतिक्रिया

6 thoughts on “बालेनको आक्रोशित स्टाटस- नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस्

  1. नेपाल को अदालत र न्यायधिस जस्तो भ्रस्ट यो दुनिया मा कहिँ कतै देखिन्दैन यस्तो भ्रस्ट अदालत र न्यायधिस नेपाल मा मात्रै हुदो रहेछ यस को लागि नेपाली जनता ले फैसला गर्नु पर्छ l

  2. भत्काउनु जे पर्छ देखा जायगा।नेपाल को अदालत चाहिने कुरा २०औ बर्ष लगाउछ। जुन कुरा को तुक छैन, तु आदेश आउँछ। अदालत हो कि पार्टी को भातृसंगठन ???

    1. हो , असल र जनपक्षिय कार्यका लागि कहिलेकाही कठोर पनि हुनु पर्छ। भत्काई दिउँ ।

  3. नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस् .

  4. हो , असल र जनपक्षिय कार्यका लागि कहिलेकाही कठोर पनि हुनु पर्छ। भत्काई दिउँ ।

  5. नेपालको न्यायलय जत्ती भ्रष्ट र निकम्मा अरु सस्था छ जस्तो लाग्दैन। कुनै मुद्धा लागेर मान्छे बितेर कता पुगिसक्दापनी फैसला हुदैन कुनैको आज कुरा उठ्यो भोलि आदेश आउँछ। मेरो देशमा। यहि होला ठुलालाई चैन सानालाई ऐन भनेको।

Leave a Reply to अगम कुमार राई Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर