डोरमणी पौडेलले राजधानी घोषणा मात्र गरे, म कार्यान्वयन गर्छु : मुख्यमन्त्री पाण्डे – Nepal Press

डोरमणी पौडेलले राजधानी घोषणा मात्र गरे, म कार्यान्वयन गर्छु : मुख्यमन्त्री पाण्डे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडालाई राजधानी मात्र घोषणा गरेको तर अन्य कुनै काम नगरेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आठौँ सभालाई सम्बोधन गर्दै उनले लामो समयसम्म मुख्यमन्त्री हुँदा समेत प्रदेश सरकारको प्रधान कार्यालय निर्माण हुन नसक्नु दुखको विषय भएको भन्दै चालु आर्थिक वर्षमा आफुहरुले प्रदेश प्रधान कार्यालयको शिलान्यास गर्ने बताए ।

कार्यालयको लागि १ अर्ब ६ करोड रुपैयाँ रकम विनियोजन भएको समेत उनले बताए । उनले भने ‘ डोरमणी पौडेलले प्रदेशको राजधानी घोषणा मात्र गरे, अब राजधानी बनाउनको लागि राजेन्द्र पाण्डे आएको छ ।’

हेटौँडाको सडकलाई समेत फराकिलो पार्न नदिन मुख्यमन्त्री पौडेलको हात रहेको सङ्केत गर्दै उनले अब प्रदेश सरकार आफैले अपनत्व ग्रहण गरेर सडक फराकिलो पार्ने विषयमा हात हाल्न सक्ने चेतावनी समेत दिए । उनले भने ‘ राइट अफ वेको कुरा बारबार उठिरहेको छ । कुनै पनि दिन प्रदेश सरकारले आफ्नो राइट अफ वे क्लियर गर्न सक्छ है भनेर सचेत गराउँछु ।’ त्यो बेलामा डोजरले, पुलिसले केहीले पनि रोकिँदैन, काम गरेर छोड्छ सरकारले । त्यसैले तपाईँहरूलाई केही गर्नु छ, अल्टरनेट उपाय छ भने गर्नुहोस्, समयले पर्खँदैन ।’

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले जनताले थाहा पाउने कामहरू गर्न आँटेको र त्यो सफल हुने समेत दाबी गरेका छन् ।


प्रतिक्रिया

One thought on “डोरमणी पौडेलले राजधानी घोषणा मात्र गरे, म कार्यान्वयन गर्छु : मुख्यमन्त्री पाण्डे

  1. दलालका मतियारहरूले बनाउने ? लुट नै फुर्सद छैन बनाउने कुरा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर