ट्राफिकको चेकिङमा २६५ जना चालक कारबाहीमा – Nepal Press

ट्राफिकको चेकिङमा २६५ जना चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले आज बिहान गरेको विशेष चेकिङमा २६५ जना चालक कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पानी बोक्ने सवारी साधन ९३ वटा, प्रेसको सवारी साधन एउटा, एयरपोर्ट भित्र तथा बाहिर सञ्चालन भई मिटरमा जान नमान्ने ट्याक्सी ३४ वटा, एम्बुलेन्स ५ वटा र अन्य सवारी साधन एक सय ३२ गरेर जम्मा २ सय ६५ वटा सवारी साधनका चालकलाई कारवाही गरेको हो ।

जसमध्ये मदिरा पिएर पानी बोक्ने सवारी साधन चलाउने ३ जना चालकलाईसमेत कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तास एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार एयरपोर्ट भित्रिने तथा बाहिरिने ट्याक्सी मिटरमा जान नमान्ने जनगुनासो बढेकोले नियम विपरित चल्ने ट्याक्सीलाई विशेष अभियानकै रुपमा कार्वाही गर्न थालिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *