पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : एमाले भोजपुर अध्यक्ष – Nepal Press

पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : एमाले भोजपुर अध्यक्ष

भोजपुर । नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले केन्द्रमा नेतासँग पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई, केन्द्रीय सदस्य रामसिं राईलगायतका नेता एमाले प्रवेश गर्ने तयारी भइरहँदा अध्यक्ष राईले सो टिप्पणी गरेका हुन् । पार्टी प्रवेश सबैलाई खुल्ला र स्वागतयोग्य भएपनि जिम्मेवारी दिने सन्दर्भमा मापदण्ड बनाउनुपर्ने उनको भनाइ थियो ।

‘हिजो चुनावमा एमालेलाई हराउन न्वारनदेखिको बल लगाउने अनि हराउन नसकेपछि पुन: एमालेमै फर्कन खोज्ने र जुनियरलाई पछि पार्दै माथिबाटै पद लिएर आउने यसले कार्यकर्ताको मनोबल कहाँ पुग्छ ?’, राईको प्रश्न थियो ।

स्थानीय स्तरमा जनताले नचिनेका र पार्टी संगठन नै नभएका नेता पद लालचकै लागि आउन खोज्नेप्रति सचेत हुनुपर्ने भन्दै उनले भने, ‘आउनेलाई स्वागत छ । तर, जिम्मेवारी दिँदा सम्बन्धित जिल्ला संगठनसँग समन्वय गर्नु आवश्यक छ ।’


प्रतिक्रिया

2 thoughts on “पदको बार्गेनिङ गरेर पार्टी प्रवेश गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : एमाले भोजपुर अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर